नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयको तालिका अनुसार स्ववियू नर्विाचन नजिकिदै गर्दा संयुक्त प्यानलले नेपालगन्ज नर्सिङ क्याम्पसमा आफनो उम्मेद्वारी दर्ता गराएको छ । नेपाली कांग्रेस निकट नेपाल विध्यार्थी संघ, नेपाल कम्युनिस्ट पाटी (माओबादी केन्द्र) निकट अखिल क्रन्तिकारी र नेकपा समाजबादी (माधव नेपाल) निकट अनेरास्ववियूको संयुक्त प्यानलले आफनो उम्मेद्वारी दर्ता गराएको हो ।
संयुक्त प्यानलले अखिल क्रान्तिकारीका दिपिका सोनी अध्यक्ष, अनेरास्ववियूबाट नेहा थापा सचिव र ने.वि. संघका रेलुसा खत्री कोषाध्यक्षमा उम्मेद्वारी दर्ता गराएको छ । सदस्यमा अपेक्षा श्रेष्ठ (अनेरास्ववियू), रस्मी अधिकारी (क्रान्तिकारी) र योजना छिनाल (नेविसंघ)को नाम दर्ता गरिएको अध्यक्षको उम्मेदवारी दिएकी दिपीका सोनीले बताइन् । त्यस्तै समानुपतिक सदस्य तर्फ (ने.वि.संघ) का अनुस्का श्रेष्ठ र पुनम मल्ल (अनेरास्ववियू) का विशाखा गैरे र अन्चली सुनार र (अखिल क्रान्किारी) का दुर्गा गन्दर्वलाई सदस्यमा नाम दर्ता गराईएको हो ।


नेपालगन्ज नर्सिङ क्याम्पसमा दुईवटा प्यानल भएको छ अनेरास्ववियु र संयुक्त प्यानल जसमध्ये संयुक्त प्यानलले सजिलैसंग जित्नेमा ढुक्क भएको सोनीले बताइन् । संयुक्त प्यानले आफ्नो चुनावी प्रचारप्रसार पनि तिव्र पारेको स्रोतले जनाएको छ ।अनेरास्ववियुबाट अध्यक्षमा निलीमा गिरीको टीमले उम्मेदवारी दर्ता गरेको छ ।







