नेपालगन्ज नेपालगन्जको घरबारीटोलमा आइतबार राति आगलागी भएको छ । घरबारीटोलस्थित सौगात इलेक्ट्रो हबमा आगलागी भएको प्रहरीले जनाएको छ ।
ध्रुब दाहालले संचालन गर्दै आएको उक्त पसलको सटर बन्द अवस्थामा रहेको हुँदा बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक हरी बि.सी.ले जानकारी दिनुभयो ।

आगलागीबाट पसल पूर्णरूपमा क्षति भएको र क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । दुईवटा दमकलको सहायताले आगो राति नै नियन्त्रणमा लिइएको बि.सी.ले बताउनुभयो ।
हिजो राति बाँकेको खजुरामा लक्ष्मीपूजाका लागि जलाइएको दियोबाट सल्केर एक हार्डवेयर पसलमा समेत आगलागी भएको थियो ।
