नेकपा माओवादी केन्द्रको नेपालगन्ज उपमहानगरपालिका वडा नं २० मा बिस्तारित बैठक सम्पन्न

नेपालगंज बिशेष स्थानीय तह


नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नजिकिँदै गरेको स्थानीय चुनावलाई मध्यनजर गर्दै बिस्तारित बैठक सुरु गरेको छ ।


आज नेपालगन्ज उपमहानगरपालिका वडा नं २० मा नेपालगन्ज उपमहानगरपालिका का अध्यक्ष रतन शाहीको प्रमुख अातिथ्यमा बिस्तारित बैठक सम्पन्न भएको वडा नं २० का पार्टीका  अध्यक्ष धर्मराज छत्यालले बताउनुभयो  ।

वडा नं २० मा कसरी स्थानीय चुनावमा जीत हासिल गर्न सकिन्छ र जनताको आवश्यक कामहरुलाई कसरी पूरा गर्नेमा पार्टी लागि पर्ने नगर अध्यक्ष शाहीले बताउनुभयो । उक्त वडाको विस्तारित बैठकमा वडा कमिटीका पदाधिकारीहरु, नगरका केही पदाधिकारीहरुको उपस्थित रहेको थियोे । पार्टीले टोल कमिटी गठन गर्ने, पार्टीका जन वर्गीय संगठनहरुलाई चलायनमान राख्नुपर्नेमा अधिकांश वक्ताले बोलेको अध्यक्ष छत्यालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *