जाजरकोट : गत शुक्रबार राति गएको भुकम्पबाट जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय तथा भौतिक क्षति भएको ठाउँमा नेकपा माओवादी केन्द्र निकट प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको चिकित्सक सहितको टीम तेस्रो दिनपनि लगातार स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा दिइरहेको छ ।

प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको टीममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत बरिस्ठ फिजिसियन डा. श्याम बि.क., डा. देवेन्द्र आचार्य , स्वास्थ्यकर्मी मानव नेपाली, दिपक ढकाल लगायतको टीम रहेको प्रगतिशील जनस्वास्थ्यकर्मी महसंघका केन्द्रीय उपाध्यक्ष मानव नेपालीले बताउनुभयो ।

आज तेश्रो दिन जाजरकोट जिल्लाको नलगाँड नगरपालिका वार्ड नं १ चिउरी गाउँमा भुकम्प पिडितहरुलाई महासंघ नेपालको तर्फबाट संचालित स्वास्थ्य शिबिरमा २५० जना बिरामीहरुले सेवा लिएको नेपालीले बताउनुभयो ।

