नेपालगन्ज – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेको विस्तारित बैठक कोहलपुमा सम्पन्न भएको छ ।
समाजवाद निर्माणका लागि नयाँ ढंगले पार्टी अघि बढ्ने र तिन महिने अभियानको समीक्षा र आगामी कार्ययोजना सहितको छलफल गरि बैठक सम्पन्न गरिएको जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए ।

उक्त विस्तारित बैठकलाई सम्बोधन गदै माओवादी केन्द्रका उप-महासचिव एवं लुम्बिनी प्रदेशका इन्चार्ज हितमान शाक्यले नयाँ ढङ्गले पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन ।
बैठकमा जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडीतहरुका लागि राहत परिचालित गर्न पनि पार्टी नेता जवसका नेताहरूलाई निर्देशन दिइएको छ । कार्यक्रममा पूर्व मुख्यमन्त्री एवं स्थाई समिति सदस्य कुल बहादुर के.सी., पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बराल, पोलिटब्युरो सदस्य एवं थारू नेता सन्तकुमार थारू, केन्द्रीय सदस्य कृष्णा के.सी. नमुना, लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा बहादुर थारू, नेताहरू प्रकाश सुवेदी, तिर्थ ज्ञवाली , अशोक रोकाय,डम्बर बि.क. तुफान लगायतको सहभागिता रहेको थियो ।
उक्त बैठकमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा पार्टीको तीन महिने कामको समीक्षा गर्दै आगामी काम अन्तर्गत संगठन निर्माण, पार्टी सदस्यता नवीकरण, नयाँदिल्ली सदस्य बढाउने रणनीति , भेला, बैठक र जनसेवाका कामको योजना बनाएको जिल्ला सचिव डिल्ली बरालले जानकारी दिए ।

