जाजरकोटका भुकम्प प्रभावितलाई एमाले बाँकेले पठायाे राहत

अर्थ / बाणिज्य

नेपालगन्ज – नेकपा एमाले बाँकेले जाजरकाेटका भुकम्प प्रभावित नागरिकहरुका लागि साेमबार राहत सामग्री पठाएको छ ।

रु ५ लाख बढिकाे विभिन्न राहत सामग्री सहित पार्टी केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालकाे नेतृत्वमा बाँके अध्यक्ष किस्मत कुमार कक्षपति राहत सामग्री सहित जाजरकोट जानुभएको छ।

भुकम्प प्रभावितका लागि अध्यक्ष कक्षपतिले पार्टी तथा जनबर्गीय समिति परिचालन गरि सहयाेग जुटाउनुभएको थियो । त्यसरी संकलन भएको चामल,दाल,तेल लगायतका खाद्यान्न र कम्बल सहित लत्ताकपडा पठाएको उपाध्यक्ष डिल्ली विसीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार, पार्टीका नेता कार्यकर्ताबाट स्वस्फूर्तरूपमा प्राप्त सहयाेग भुकम्प प्रभावितलाई पठाइएको हाे । थप अन्य सहयाेग रुकुम प्रभावितक्षेत्रमा पठाउने पार्टी अध्यक्ष कक्षपतिले जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *