सेवा नेपाल बाँकेको आज महाशिवरात्रीको दिन पशुपतिनाथ मन्दिरमा नि:शुल्क स्वास्थ्य शिविर

स्वास्थ्य/ खेलकुद


समाजसेवामा अग्रसर रहेको सेवा नेपाल बाँकेले आज महाशिबरात्रीका दिन पशुपतिनाथ मन्दिरमा आएका श्रद्धालु भक्तजन तथा साधु सन्तहरुको लागि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

बाँके जिल्लामा केन्द्रीय कार्यालय भएको सेवा नेपालले आफ्नो शाखा कार्यालय काठमाडौं जिल्लामा समेत विस्तार गरेको छ । उक्त संस्गाकी अध्यक्ष लालुमाया शाहीका अनुसार उक्त मन्दिरमा दर्शनका लागि आएका र स्वास्थ्यमा समस्या भएकाहरुलाई स्वास्थ्य जाँच गरिएको थियोे ।
डा. राज सहितको टीमले उक्त शिविर सञ्चालन गरेको अध्यक्ष शाहीले बताउनुभयो । शिबिरबाट सयौंले सेवा लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *