माओवादी केन्द्रको रुपान्तरण अभियानको सुरुवातमा नै बाँकेमा सयौं युवाहरु पार्टी प्रवेश

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : जनजनमा माओवादी घरघरमा माओवादी भन्ने मुख्य अभिप्राय बोकेर जनतासँग माओवादी विशेष रुपान्तरण अभियान थालेको माओवादी केन्द्रको आज सुरुको दिनमा नै बाँकेमा सयौंको संख्यामा युवाहरु पार्टी प्रवेश गरेका छन् ।

बाँकेको ८१ वटा वडामा नै विशेष रुपान्तरण अभियानको उद्घाटन गरिएको छ । आज उद्घाटन गर्ने क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा ८१ जना युवाहरु विभिन्न पार्टी छोडेर र केही स्वतन्त्र युवाहरु पार्टी प्रवेश गरेको माओवादी केन्द्रका युवा नेता गोपाल पुनले बताए ।

त्यसैगरी खजुरा गाउँपालिकाका विभिन्न वडाहरुमा उद्घाटन गर्ने क्रममा सयौंको संख्यामा युवाहरु प्रवेश गरेको माओवादी केन्द्रका बाँकेका नेता डम्बरबहादुर बि.क. तुफानले जानकारी दिए। बाँकेमा यो अभियानका लागि माओवादी केन्द्रले केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी सोनाम लगायतका केन्द्रीय सदस्यहरुलाई खटाएको छ ।

नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले बाँकेका सबै वडाहरुमा पार्टी संगठन विस्तार र अभियानको पुर्व सन्ध्यामा खटिएका सम्पूर्ण नेता तथा कार्यकर्तालाई धन्यवाद दिदै यो तीन महिने अभियानमा पनि उहाँहरुको सक्रिय सहभागी रहनेछ भनी आभार व्यक्त गरेका छन् ।

नव प्रवेशी युवाहरुलाई सचिवालय सदस्य कुलप्रसाद केसी सोनाम, बाँके जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्स लगायतका नेताहरुले टीका लगाएर स्वागत गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *