अमर्यादित गतिविधि गर्ने चर्चित काजीमान राईको अवार्ड रद्द

मुख्य खबर

नेपालगन्ज : अकाउन्टविलीटी ल्याव नेपालले अमर्यादित गतिविधि गर्ने काजीमान राइको अवार्ड रद्द गरेको छ ।

इलामको माइजोगमाई गाउँपालिकाका प्रशासकीय अधिकृत काजीमान राई र सोही पालिकामा कार्यरत सहकर्मी महिला कर्मचारीको कार्यकक्षमा नै अमर्यादित गतिविधि तथा व्यवहार गरेको भिडियो समाचार माध्यमबाट बाहिरीपछि उनले चुलाचुली गाउँपालिकामा रहदा पाएको सन २०१९ मा इन्टेग्रिटी आइकन नेपालको पनि नाम जोडिएको हुदा उनले पाएको अवार्ड रद्द गरिएको सूचना सार्वजनिक गरिएको छ ।

अकाउन्टविलीटी ल्याव नेपाल संस्थाका सहायक निर्देशक सुरेश चन्दले विज्ञप्ति प्रकाशित गरि उनको अवार्ड रद्द गरिएको जनाएका छन् । उक्त विज्ञप्तिमा स्वयं राईले नै आफुले गरेको गल्ती स्वीकार गर्दै त्यसबाट पर्न गएको क्षतिको लागि क्षमा याचना समेत मागेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ति :

Leave a Reply

Your email address will not be published. Required fields are marked *