नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा आज नामावली दर्ता अगावै कार्यालयमा ताला लगाइएको छ ।
क्याम्पस प्रशासनबाट निर्वाचन हुनु अगावै विद्यार्थीहरुको नाम र मोबाइल नम्बर केही संगठनका नेतालाई उपलब्ध गराइएको भन्दै असन्तुष्ट विद्यार्थी संगठनहरुले विज्ञप्ति निकाल्दै तालाबन्दी गरेका छन् ।
क्याम्पस प्रमुख लालमणि आचार्यले भोलि बिहान क्याम्पसमा रहेको खप्तड हलमा ९ वटा विद्यार्थी संगठनहरुलाई छलफल गर्नका लागि सूचना निकाल्नु भएको छ ।
हेर्नुहोस् सूचना


