नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं २ बागेश्वरी टोलमा रहेको जुत्ता चप्पलको पसलमा आगलागी हुदा लाखौं रुपैयाँको क्षति भएको छ ।
शुक्रबार राति विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले बताएको छ । मनिराम बटालाको हिमानी शु सेन्टर र धिरज कुमारको पुनम शु सेन्टर पसलमा जुत्ता चप्पल सम्बन्धि व्यवसाय सञ्चालनमा रहेको थियोे । उक्त आगलागी भएकोमा नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष टंक बहादुर धामीले दु:ख व्यक्त गरेका छन् ।

