नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा टेकेन्द्र मल्ल मनोनित हुनुभएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि युवा नेता मल्ललाई मनोनीत गरेको हो । मल्ल नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष हुनुहुन्छ ।









