कबडियाको दोस्रो अप्रेसन पनि सम्पन्न , यसकारण भनिन्छ डाक्टर भगवानको दोस्रो रुप हुन

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : डा- विनोद कर्ण लगायतको टीमले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा बाँकेको जानकी गाउँपालिका वडा नं १ निवासी १० वर्षीय फुलजहा कबडियाको माघ १४ गते सफलता पुर्वक दोस्रो अप्रेसन गर्नु भएको छ ।
डाक्टरलाई भगवानको दोस्रो रुप भन्ने त्यसै भनिएको होइन रहेछ नीज  कबडियाका बुबा सैजाद कबडियाले नागरिक पथसंग भने हामीले गरिबीको कारण उपचार गर्न सकेका थिएनौं डा- बिनोद कर्ण भेटिनु भएपछि उहाँले निशुल्क गरिदिने बताउनु भएको थियो उहाँले दोस्रो पटक पनि सफल रुपमा अप्रेसन गर्नु भयो र फेरि अर्को पटक गर्ने बताउनुभएको उनले बताए ।
नीज बालिकाको आर्थिक स्थिति कमजोर भएको कारण अप्रेसन निशुल्क गरिदिए पनि औषधिसमेत किन्नु पर्ने भएको हुदा सामाजिक सञ्जालमा नै डा- बिनोद कर्णले सहयोग गर्न अनुरोध गर्नुभएको छ ।
डा- बिनोद कर्णलाई उक्त बालिकाको कालो कोठीले  अनुहारनै ढाकिएको बताउनुभयो उहाँले पहिलो चरणको अप्रेसन पुस २८ गते गर्नु भएको थियो । अब तेस्रो चरणको अप्रेसन गरेपछि सम्पूर्ण अनुहार ठीक हुने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *