नेपालगन्ज : बाँकेको नेपालगन्ज शहरमा अत्याधुनिक सुविधा सहितको सिनेमा हल आज देखि सञ्चालनमा आएको छ ।
नेपालगन्जमा लामो समयदेखि स्वास्थ्य सेवा दिदै आइरहेका डा. बिनोद थापा र छोरा राहुल थापाले रु २५ करोड लगानीमा बनाएको एकैपटकमा तिनवटा सो देखाउन मिल्ने सिनेमा हलको आज देखि सुभारम्भ गरिएको छ । आज पहिलो दिन निशुल्क रुपमा चलचित्र हेर्ने, चिसो पेय पदार्थ, कफि, पपकर्न, पानी निशुल्क रुपमा उपलब्ध गराइएको थियोे ।

नेपालगन्जमा पुरानो बागेश्वरी सिनेमा हलमा QFX सिनेमा सञ्चालनमा रहेको छ, अब मनोरञ्जनका लागि यहाँका जनताहरुलाई राम्रो सुविधा सम्पन्न हल सञ्चालनमा आएपछि स्थानीयहरु खुसी भएका छन् । उक्त सिनेमा हलमा सुतेर समेत चलचित्र हेर्न मिल्ने, सिटहरु आरामदायी किसिमका र नेपालमा नै अत्याधुनिक प्रविधि युक्त बनाएको उक्त सिने रोयलका प्रवन्ध सञ्चालक डा. राहुल थापाले बताए ।
आज उद्घाटनको पहिलो दिन २ हजार बढीले चलचित्र हेरेको उक्त सिनेमाको निर्देशक रितेश श्रेष्ठले बताए ।
