अछामी सेवा समाज बाँकेको वृहत् रक्तदान कार्यक्रम, ७५ जनाद्वारा रक्तदान

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : बाँके जिल्लामा कामको सिलसिलामा वा व्यापार व्यावसायिक गर्ने  प्रयोजनमा आइ बसोबास गरेका अछाम जिल्ला घर भइ हाल बाँकेलाई कर्मथलो बनाइ बसेका व्यक्तिहरुले गठन गरेको अछामी सेवा समाज बाँकेको वृहत् रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ ।

आज रक्त सञ्चार केन्द्र बाँकेमा भएको समाजको रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको अछामी समाजका अध्यक्ष पुष्कर बहादुर खड्काले बताए । अछामी सेवाले निरन्तर रुपमा सामाजिक कार्य गर्दै आइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *