नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ निवासी जागेश्वर बस्नेत र उहाँको धर्मपत्नी संगम रावत बैरागीको बाह्रौं वर्षगाठको उपलक्ष्यमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा रहेको मानव सेवा आश्रममा पिउने पानीको लागि फिल्टर र त्यहाँ रहेका बुबाआमा तथा बालबालिकालाई औषधि उपलब्ध गराएका छन् ।

आज दिउँसो ३ बजे उक्त सेवा आश्रममा गएर रु ८ हजार बराबरको औसधि, सानो बालिकालाई कपडा र शुद्ध पिउने पानीको धारा जडान गरिदिएका छन् । सो अवसरमा मानवता नेपाल बाँकेको उपाध्यक्ष सुमन गिरी श्रेष्ठ, सचिव केपी घिमिरे, कोषाध्यक्ष खुश्बु श्रीवास्तव, आजीवन सदस्यहरु करन वर्मा, सुनिता तिवारी र स्वयं संगम रावत पनि आजीवन सदस्य रहनु भएको छ । साथै स्वास्थ्यकर्मी नरेश श्रेष्ठ र लभकुश यादवको पनि उपस्थिति रहेको थियो ।


उक्त कार्यक्रममा लक्ष्मी नारायण आमा बुबालाई मिष्ठान पनि खुवाइएको थियो । सो मनकारी जोडीलाई सबैलाई विशेष धन्यवाद दिएका थिए ।

