नेपालगन्ज उपमहानगरपालिकामा स्वतन्त्र रुपमा मेयरमा धामी र उप मेयरमा रोकायको मनोनयन दर्ता

नेपालगंज बिशेष स्थानीय तह



नेपालगन्ज : आसन्न बैशाख ३० गतेको स्थानीय चुनाबका लागि नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदका लागि टंक धामी र उप मेयर पदका लागि तारा कुमारी रोकायको उम्मेदवार मनोनयन भएको छ ।
सत्ता गठबन्धन दलको केन्द्रको निर्णय अनुसार आफ्नो भागमा अर्थात नेकपा माओवादी केन्द्रको भागमा नेपालगन्ज उपमहानगरपालिका मा मेयर र उप मेयर कुनै पनि नपरेपछि स्वतन्त्र रुपमा आफुहरुले उम्मेदवार मोनयन गरेको धामीले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका का २३ वटा वडामा नै माओवादी केन्द्रले आफ्ना उम्मेदवार उठाएको छ । जसअनुसार वडा नं १ मा निरक पोखरेल, २ मा कस्मिरा खातुन, ३ मा याकुव अन्सारी , ४ मा गोपाल पुन, ५ मा मुस्तफा हलवाई, १२ मा तिरथराम चिडिमार, लगायतको उम्मेदवारी मनोनयन भएको नगर अध्यक्ष रतन बहादुर शाहीले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *