नेपालगन्ज : शिक्षा क्षेत्रमा मध्य तथा सुदूर पश्चिम क्षेत्रका विद्यार्थीहरुको रोजाइमा परेको नेपालगन्जमा रहेको ज्ञानोदय विद्या निकेतन मा.वि.मा २०७९ सालको एस ई ई परीक्षामा बाँके र बर्दियामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी उच्चशिक्षा अध्ययनका लागि भर्ना भएका छन् ।
उक्त कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेश भण्डारीका अनुसार बाँके जिल्लाबाट उत्कृष्ट अंक (३.९५जिपिए) ल्याउन सफल पुर्णिामा आचार्यले कानून संकाय र बर्दियाबाट (३.९० जिपिए) ल्याउन सफल भएका प्रभात रिजालले विज्ञान संकायमा पढ्ने गरी विद्यालयमा भर्ना भएको भण्डारीले बताए ।

एस ई ई उत्तीर्ण गरेपछि नेपालगन्जमा उच्च शिक्षा पढ्न
आउने विद्यार्थीहरुका लागि प्राथमिकतामा जिभिएन कलेज पर्ने गरेको विद्यार्थीहरु बताउँछन् । उक्त कलेजमा विज्ञान संकाय, व्यवस्थापन, मानविकी, कम्प्युटर साईन्स, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्जम पढ्न चाहाने विद्यार्थीका लागि जिभिएन उपयुक्त गन्तव्य हुन सक्ने भण्डारीले बताए ।
पछिल्लो समयमा विद्यार्थीहरुको रोजाइ कानुन संकाय पनि भएको हुदा विगत ५ वर्ष देखि कानून संकाय समेत शुरु भएको छ । कक्षा ११ र १२ मा उच्चस्तरीय शिक्षा लिनका लागि जिभिएनमा अवसरनै अवसर रहेको कलेजका संयोजक खुमलाल शर्माले बताए ।
कलेजका कार्यकारी भण्डारीले गरिब, जेहेन्दार, शारीरिक अपाङ्गता, मुस्लिम, मधेसी, दलित लगायतका विद्यार्थीहरुका लागि पनि छात्रवृत्तिको व्यवस्था गरिएको बताए ।

