सन्जिबनी अस्पतालले कुनै शुल्क वृद्धि गरेको छैन प्रशासन प्रमुख खड्का

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद

नेपालगन्ज –  नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बि.पी. चोकमा सञ्चालित सन्जिबनी कलेज अफ मेडिकल साइन्सेस नेपालगन्ज हस्पिटलले सेवा शुल्क वृद्धि गरेको विषय सामाजिक सञ्जालमा उठेको प्रसङ्गमा आफ्नो अस्पतालको सेवा शुल्कमा वृद्धि नगरेको उक्त अस्पतालका बरिस्ठ प्रशासकीय अधिकृत यमराज खड्काले बताउनुभएको छ ।

अस्पताल प्रशासनले पछिल्लो समय अस्पताल सेवाशुल्क वृद्धि गरिएको भन्ने हल्ला निराधार भएको खड्काले बताउनुभयो । खड्काले  अस्पतालले सेवाको स्तरोन्नती गर्दै बिरामीलाई थप सुविधा उपलब्ध गराउने काम गरिरहेको जानकारी दिनुभयो ।
उहाका  अनुसार अस्पतालले गुणस्तरीय, विश्वसनीय र छिटोछरितो सेवा प्रदान गर्न निरन्तर प्रयास गरिरहेको छ। बिरामीलाई समस्या पर्ने गरी कुनै पनि शुल्कमा वृद्धि नगरिएको उहाले  दाबी गर्नुभयो । “ओपीडी शुल्क अत्यन्तै न्यून राखिएको छ,” खड्काले भन्नुभयो ।

सुपरस्पेसियालिटी सेवाको सन्दर्भमा भने सार्वजनिक विदाको दिनमा मात्रै सामान्य रुपमा ओपीडी शुल्क समायोजन गरिएको “यो समयसापेक्ष र सेवाको गुणस्तर अनुसार उचित भएको प्रमुख खड्काले बताउनुभयो ।

अन्य अस्पतालसँग तुलना गर्दा आफ्नो अस्पतालको सेवाशुल्क अझै पनि सर्व  शुलभ रहेको उनको भनाइ छ। साथै, उनले सामाजिक सञ्जालमा पोस्ट वा समाचार प्रकाशन गर्दा आधिकारिक व्यक्तिसँग सम्पर्क गरी तथ्य बुझेर मात्रै सार्वजनिक गर्न आग्रह गर्नुभएको छ ।
अस्पताल प्रशासनले भविष्यमा पनि सेवा सुधार र बिरामीमैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *