नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीलाई पितृशोक

नेपालगंज बिशेष

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष तथा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य रुद्र सुवेदीलाई पितृशोक परेको छ ।

पत्रकार रुद्र सुवेदीका पिता डम्बर बहादुर सुवेदीको ८० वर्षको उमेरमा उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा आज निधन भएको हो ।

लामो समय देखि मुटु रोगको विरामी रहेका सुवेदीको उपचारका क्रममा निधन भएको हो । मृतक सुवेदी नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटीका नेता समेत थिए । त्यसैगरी लामो समय बाँकेको शैक्षिक जागरणका क्षेत्रमा समेत क्रियाशिल तथा कास्की समाज सेवा बाँकेका संस्थापक अध्यक्ष समेत रहेका थिए ।

मृतक सुवेदीका तीन भाइ छोराहरु रुद्र सुवेदी, बामदेब सुवेदी र गुरु सुवेदी रहेका छन् ।

पारिवारीक श्रोतका अनुसार अन्तिम दाहसंस्कार गर्नका निम्ति भोलि शनिबार ७:३० बजे अगैया घाटमा प्रस्थान हुने जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *