गणतन्त्र दिवसको अवसरमा अखिल क्रान्तिकारी बाँकेद्वारा रक्तदान

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : गणतन्त्र दिवसको अवसर पारेर अखिल (क्रान्तिकारी) बाँकेले मंगलबार गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तसञ्चार केन्द्र कोहलपुरमा आयोजना गरिएको रक्तदानमा २२ जनाले रक्तदान गरेको अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष महेश बस्नेतले जानकारी दिए ।

जसमध्ये पुरुष २१ जना र महिला १ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र महतराले बताए । जिल्लामा रगतको अभाव भएकाले गणतन्त्र दिवसको अवसर पारेर रक्तदान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *