गणतन्त्र दिवसको अवसर पारेर रेशम चौधरी लगायतलाई आम माफी दिने सरकारको  निर्णय

मुख्य खबर

जन्म कैदको सजाय पाएका रेशम चौधरी लगायतका कैदीले गणतन्त्र दिवसको उपलक्ष्यमा  आममाफी दिने निर्णय सरकारले गरेको छ ।

जेठ १२ र १४ गते बसेको मन्त्रिपरिषद् बैठककाे सिफारिस अनुसार  राष्ट्रपति रामचन्द्र पौडेलले १९ कैदीलाई आममाफी दिएका हुन्। संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम उनीहरूलाई आममाफी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको  छ।

त्यसैगरी, जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेका जेष्ठ नागरिकसहितका  ४८२ कैदीले पनि भुक्तान गर्न बाँकी कैद माफी पाउने भएका छन्। उनीहरुले संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम माफी पाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *