नेपालगन्ज : बाँकेको राप्तीसोनारी-८ मुगुवा खोला नजिकै कार र बस दुर्घटना हुँदा कार चालक सहित २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
नेपालगञ्ज बसपार्कबाट काकरभिट्टाको लागि छुटेको भे १ ३३३५ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार दुर्घटना हुँदा कार चालक सहित २ जनाको मृत्यु भएको इलाका प्रहरी कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारी बताए ।

मृत्यु हुनेहरुमा रूपन्देही बुटवल उपमहानगर पालिका वडा नं ५ निवासी ५४ बर्षिय डा.सन्जु खाती खड्का र कार चालक गोरखाका ३७ बर्षिय सुवास अधिकारी रहेको डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
इलाका प्रहरी कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार कार चालककाे घटना स्थलमै मृत्यु भएकाे र डा.सन्जु खाती खड्काकाे करिब ८ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले मृत्यु घाेषणा गरेकाे हाे ।
बस चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको र बसमा सवार भने सकुशल रहेको डिएसपी तिवारीले बताए । दुर्घटनामा परी बसमा सवार ६ जना सामान्य घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको कोहलपुर अस्पतालले जनाएको छ ।
