नेपालगन्ज – जिभिएन कलेज नेपालगन्जमा कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुद्वारा उच्च अदालत तुल्सीपुर भिजिट गर्नुका साथै मुख्य न्यायाधीशसंग अन्तरक्रियामा सहभागी भएका छन् ।
हिजो जिभिएन कलेज नेपालगन्जमा कानुन संकायमा अध्ययनरत रहेका विद्यार्थीहरुद्वारा श्री उच्च अदालत तुलसीपुर
माननीय मुख्य न्यायाधीश नीता गौतम दिक्षित, माननीय न्यायाधीश रमेशराज पोखरेल र रजिस्ट्रार यम बहादुर बुढा मगर सहितको टीमसंग वृहत् अन्तरक्रिया कार्यक्रम गरेका थिए ।
जिभिएन कलेजमा अध्यापन गराउनुहुने शिक्षक कुल बहादुर भण्डारी, जमुना क्षेत्री र प्रशासन प्रमुख सहितको टीमले विद्यार्थीहरुलाई अदालत भिजिट लगेको कलेजका कार्यकारी प्रमुख गणेश भण्डारीले बताउनुभयो ।
उक्त कार्यक्रममा प्रमुख न्यायाधीश, रजिस्ट्रार लगायतको टीमले प्रशिक्षण दिनु भएको थियोे । अदालतमा भिजिट विद्यार्थीहरुले उक्त प्रशिक्षणबाट अत्यन्तै खुसी भएको र आगामी दिनहरुमा पनि कलेजले यस्ता भिजिट कार्यक्रम, अदालतमा बहस सुन्ने लगायतका कार्यक्रम गर्नेमा विश्वस्त रहेको बताए ।