भारतीय प्रहरीले एम्बुलेन्स जान नदिएको भन्दै एम्बुलेन्स चालकहरु आन्दोलित

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : नेपाल भारत सीमा जमुनाहा नाकाबाट एम्बुलेन्स बिरामी लिएर जादा रुपैडिया नाकामा भारतीय प्रहरी एस एस बी ले एम्बुलेन्स उक्त बाटोबाट जान नदिएपछि एम्बुलेन्स चालकहरु आन्दोलित भएका छन् ।

बुधबार बिहानै जमुनाहा नाकामा एम्बुलेन्स चालकहरुले एम्बुलेन्स रोकी राखेर विरोध जनाएका हुन् । यताबाट नेपाली प्रहरीले एम्बुलेन्स जान दिएपनि भारतीय प्रहरीले फर्काएको एम्बुलेन्स चालक संघ बाँकेका अध्यक्ष दिपेश कुमार थारुले बताए ।

हामीलाई सुख्खा बन्दरगाहबाट जान भनिएको छ त्यहाँबाट जादा भारतीय प्रहरीले गेट खोल्न पनि आधा घण्टा जति समय लगाउने गरेको, अनावश्यक रुपमा बिरामी लैजादा दु:ख दिएको थारुले बताए ।

हामीले यो समस्याको बारेमा बाँकेका प्रमुख जिल्ला अधिकारी सिडिय‍ो खगेन्द्र रिजाललाई मौखिक रुपमा जानकारी गराएको पनि धेरै दिन भयो केही सुनुवाइ नभएको हुँदा हामीले यस्तो गर्न बाध्य भएको थारुले नागरिक पथलाई बताए ।

बिहानैदेखि एम्बुलेन्स चालकहरुले एम्बुलेन्स खडा गरेर जमुना नाकामा विरोध जनाएपछि प्रमुख जिल्ला अधिकारी रिजालले बुधबार बिहान ११ बजे वार्ताको लागि जिल्ला प्रशासन कार्यालयमा बोलाएको अध्यक्ष थारूले बताए ।

तपाईंहरुको माग के हो भन्ने प्रश्नको जबाफमा थारूले भने, ” हामीलाई सहज रुपमा बिरामी लैजान लिउन दिनु पर्यो, हामीलाई सुख्खा बन्दरगाहबाट लैजान ल्याउन भनेपनि तुरुन्त तुरुन्तै गेट खोलेर बिरामीलाई लैजान पाउनुपर्ने, जमुनाहा नाकाबाट कुनैपनि इण्डियन चारपाँग्रे गाडीहरु ल्याउन लैजान दिनु भएन भन्ने रहेको उनले बताए ” ।

जमुनाहा प्रहरी चौकी इन्चार्ज रबिन्द्र मल्लले उहाँहरुको बारेमा बिहान ११ बजे सिडियो सरले वार्ताका लागि बोलाउनु भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *