बालरोग विशेषज्ञ डा. रोमा बोरा सम्मानित

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद

कोहलपुरः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सहप्राध्यापक बाल रोग विशेषज्ञ डा.रोमा बोरा सम्मानित हुनुभएको छ । कोहलपुर नगरपालिकाले आफ्नो १० औं स्थापना दिवसको अवसरमा डा.बोरालाई सम्मानित गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा बाँके क्षेत्र नं ३ का नेपाली कांग्रेस पार्टीका प्रतिनिधिसभा सदस्य किशोरसिंह राठोर र कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले डा.बोरालाई सम्मानित गर्नु भएको हो ।

कोहलपुर नगरपालिकाले सिकलसेल एनिमिया तथा थालेसमिया रोगको पहिचान, उपचार र व्यवस्थापनमा डा.बोरा भूमिका उच्च रहेको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *