वाइसीएल बाँकेले बुझायो नेपाल सरकारलाई ज्ञापनपत्र

लुम्बिनी प्रदेश बिशेष


नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट युवा सङ्गठन वाइसिएल नेपाल बाँकेले बिहीबार जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा जनयुद्धकालीन मुद्दा दायर गरिएकोप्रति आपत्ति जनाउँदै वाइसिएलले ज्ञापनपत्र बुझाएको हो ।

उक्त सङ्गठनका बाँके  जिल्ला इन्चार्ज  किस्मत अलिशेष,  जिल्ला संयोजक आकाश कार्की र सचिब नरेन्द्र ददेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा अध्यक्ष प्रचण्ड विरुद्ध जनयुद्धकालीन मुद्दा दायर गर्नु षडयन्त्र भएको जनाउँदै त्यसप्रति वाईसिएल नेपालको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । सङ्गठनले विभिन्न ५ बुँदे माग समेत सरकारसित अघि सारेको छ ।

विज्ञप्तिमा जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन  लगायत व्यवस्था परिवर्तनका आन्दोलनहरूमा ज्यान गुमाएका योद्धाहरूलाई राष्ट्रिय सहिद घोषणा गर्न र तिनका परिवारलाई  सम्मानित वातावरणमा बाँच्न सक्ने गरी उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरिएको छ। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले उक्त ज्ञापन पत्र नेपाल सरकारलाई पठाउने बताउनु भएको छ । ज्ञापन पत्र बुझाउन वाइसीएल नेपालका केन्द्रीय उपमहासचिव रतन बहादुर शाही, केन्द्रीय सदस्य मनिसा चदारा लगायत वाइसीएलका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *