नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत एशोसियट प्रोफेसर डा.प्रज्ञा गौतम घिमिरे सम्मानित हुनु भएको छ । सोमबार कोहलपुर नगरपालिकाको १० औं स्थापना दिवसको अवसरमा डा. घिमिरेलाई सम्मानित गरेको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि तथा बाँके क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य किशोरसिंह राठोर र कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले डा.घिमिरेलाई सम्मानित गर्नु भएको हो ।

बाँके जिल्लामा सिकलसेल एनिमिया तथा थालेसमिया रोगको पहिचान, उपचार र व्यवस्थापनमा डा.घिमिरेको भूमिका उच्च रहेको कोहलपुर नगरपालिकाले उल्लेख गरेको छ ।
त्यसैगरी कार्यक्रममा सिकलसेल एनिमिया सोसाइटी नेपालका अध्यक्ष प्रभु चौधरीलाई पनि सम्मानित गरिएको छ । डा. प्रज्ञा गौतम घिमिरे मेडिकल कलेज कोहलपुरमा प्याथोलोजि विभागमा कार्यरत हुनुहुन्छ ।
