काेहलपुर नगरपालिकाले कक्षा ८ काे परीक्षामा अनियमितता विरुद्धको मुद्दा दर्तामा ढिलाई गरेकाे छ।

लुम्बिनी प्रदेश बिशेष शिक्षा स्थानीय तह

काेहलपुर नगर स्तरीय कक्षा ८ काे परीक्षामा अनियमितता गरेकाे आराेप लागेका शाखाका कर्मचारी लागाएत  विरुद्धको मुद्दा दर्तामा ढिलाई गरेकाे हाे ।

काेहलपुर नगरपािलकामा चैत्र २ गतेदेखि ९ गतेसम्म सन्चालित आधारभुत तह कक्षा ८ काे नतिजामा अनियमितता भएकाे भन्दै उजुरी परेपछी  काेहलपुर नगरपालिका वडा न १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहकाे अध्यक्षतामा गठित छानबिन समितिद्वारा नगर शिक्षा शाखा प्रमुख सहित केही कर्मचारी र शिक्षक लाई समेत दाेसी ठहर गरेकाे थियाे।

काेहलपुर नगरस्तरिय परिक्षामा अनिमितता गरेकाे प्रतिवेदन छानविन समितिले बुझाएकाे प्रतिवेदन सार्वजनिक गर्दै काेहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले दाेषिलाई तुरुन्त सार्वजनिक मुद्दा चलाउने बताएका थिए।
कोहलपुर नगरपालिकाले २०८० चैत २ देखि ९ गते सम्म सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को परीक्षामा सामुदायिक र संस्थागत गरी ५२ वटा विद्यालयका २ हजार ८ सय ६४ विद्यार्थीले फारम भरेका थिए । चैत २३ गते प्रकाशित भएको नतिजामा १ हजार ७८ विद्यार्थी उत्तीर्ण भए । त्यसमा संस्थागत तर्फ ६९.८७ र सामुदायिक तर्फ १४.८० प्रतिशत उत्तीर्ण भए । तर नतिजा सार्वजनिक भएपछि परीक्षामा अनियमितता भएको भन्दै सार्वजनिक रूपमा विरोध भएको थियो ।

काेहलपुर नगरपालिकाले यहि बैशाख २० र २१ गते पुरक परीक्षा संचालन गर्दैछ। छानवीन समितिबाट आराेपित ब्यक्तिले सञ्चालन गरेकाे परीक्षा विश्वाशिलाे नहुने भन्दै कतिपएले विराेध गरेका छन। प्याब्सन बाँकेका अध्यक्ष तथा बागेश्वरी एकेडेमीका संचालक यम रावतले सामाजिक सञ्जालमा लेखेका छन ,”शिक्षा मा नैतिकता भन्ने शब्द हराएकै हो त ?

कोहलपुर नगरपालिकाले गठन गरेको   छानबिन समितिले  आधारभूत तह (BLE) परीक्षा मा शिक्षा शाखा बाट नै नियोजित अनियमितता गरेको  प्रतिबेदन  लाई कार्यपालिका ले पास गरि सार्वजनिक गरेको प्रतिबेदन का मुख्य आरोपित व्यक्ति को नेतृत्व मा पुनह  त्यही परीक्षा लिने नैतिकता रहन्छ ?” परीक्षाकाे नतिजामा केही विद्यालयलाई राम्रो देखाउने र केही विद्यालयलाई नराम्राे देखाउने गरि प्राप्ताङ्क थपघट गरिएकाे आराेप छ।

नतिजा प्रकाशनमा अनियमितताको आरोप लागेपछि कोहलपुर नगरपालिकाले चैत २५ गते कार्यपालिका सदस्य एवम् वडा नम्बर १२ अध्यक्ष वीरेन्द्र बहादुर शाहको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ एवम् छानबिन समिति गठन गरेको थियो । जसको सदस्यहरूमा नेपाल शिक्षक महासङ्घ कोहलपुरका प्रतिनिधि रामप्रसाद आचार्य, क्रिसा कोहलपुरका प्रतिनिधि बिएल भारती, ज्ञानज्योति मावि चप्परगौडीको प्रअ सुमित्रा न्यौपाने र सदस्य सचिवको रूपमा नगर प्रहरी प्रमुख वीर बहादुर थापा रहनुभएको थियो । उक्त समितिले १३ दिन लगाएर प्रतिवेदन तयार गरेर वैशाख ७ गते बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *