अन्तर्राष्ट्रिय नर्सिङ दिवस कतै रक्तदान गरेर त कतै पानसमा बत्ती बालेर मनाउँदै

स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : हामी नर्स, हाम्रो भविष्य ( Our Nurse, Our Future) भन्ने मुल नाराका साथ आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस विविध कार्यक्रम गरेर मनाएका छन् ।

नर्सरी जन्मदाता फ्लोरेन्स नाइटिङ्गेलको सम्झनामा प्रत्येक वर्षको मे १२  मा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ । बाँकेको भेरी अस्पताल नेपालगन्जमा कार्यरत नर्सिङ कर्मचारीहरुद्वारा रक्तदान गरेर नर्सिङ दिवस मनाउँदै छन् भने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा पानसमा बत्ती बालेर मनाए ।

कार्यक्रममा हेल्थ सेक्टरमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई त्यति धेरै मान्ने नगरेको परिस्थितिमा जब विश्वभर फैलिएको महामारी कोभिडको बेलामा स्वास्थ्यकर्मीहरुले गरेको अतुलनीय योगदान पश्चात् उनीहरूलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा व्यापक परिवर्तन भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका नर्सिङ प्रमुख ममता शर्माले बताउनुभयो ।

मेडिकल कलेजको लेक्चर हलमा भएको कार्यक्रममा लेबर रुम इन्चार्ज पुष्पा शर्माले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता नर्सिङ प्रमुख ममता शर्माले गर्नु भएको थियोे ।

उक्त कार्यक्रममा नर्सिङ अधिकृत सुमन गिरी श्रेष्ठ, देवमाया घले, सुविना खरेल, हरिना जोसी, कोहिनुर फारुकी, झरना बुढाथोकी, एम सि.एच. इन्चार्ज अनिता थापा, प्रशासनबाट सहायक अभिकृत नर्मदा रेग्मी लगायत वार्ड इन्चार्जहरु र नर्सिङ कर्मचारीहरुको उपस्थिति रहेको मेट्र‍ोन शर्माले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *