मार्सल आर्ट हाप्किडो संघको सेमिनार दाङको घोराहीमा सम्पन्न

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद

दाङ- मार्सल आर्ट हाप्किडो सम्बन्धि प्रदेश स्तरीय सेमिनार दाङको घोराहीमा  सम्पन्न भएको छ ।

उक्त सेमिनारमा लुम्बिनी प्रदेशका बाह्र जिल्लाका सहायक प्रशिक्षकहरुको सहभागी रहेको थियो । उक्त प्रशिक्षण नेपाल मार्सल आर्ट हाप्किडो संघका संस्थापक अध्यक्ष तथा दक्षिण एसियाली हाप्किडोका प्रशिक्षक सिनियर मास्टर काली बहादुर घर्ती मगर र केन्द्रीय सहायक प्रमुख प्रशिक्षक भुवन बुढा मगरले दिएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश हाप्किडो संघका अध्यक्ष सुभाष परियार, उपाध्यक्ष बसन्त घर्ती मगर, केन्द्रीय संघका सल्लाहकार
तुल्सी भण्डारी लगायतको उपस्थिति रहेको थियोे । लुम्बिनी प्रदेशका उक्त खेल सम्बन्धित खेलाडीहरुको बाक्लो उपस्थितिमा प्रशिक्षण दिइएको थियो ।

आगामी माग महिनामा दाङमा वृहत् मार्सल आर्ट हाप्किडोको महोत्सव हुन लागेको प्रशिक्षक भुवन बुढा मगरले बताए । पछिल्लो समयमा हाप्किडो खेलको आकर्षक बढ्दो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *