कोहलपुर नगरपालिकाद्वारा स्थापना दिवसको अवसरमा चार जना पत्रकार सम्मानित

अर्थ / बाणिज्य स्थानीय तह

कोहलपुर नगरपालिकाको १०औं स्थापना दिवसको अवसरमा कोहलपुर टुडेका प्रकाशक तथा प्रेस सेन्टर नेपाल बाँके जिल्ला कमिटी सहसचिव डिल्ली शाही सहिद चारजना पत्रकारलाई उत्कृष्ट पत्रकारीता पुरस्कारबाट नगद सहित सम्मान गरेको छ ।

कोहलपुर नगरपालिकाले उक्त क्षेत्रमा सत्य, तथ्य, निष्पक्ष तथा खोजमुलक पत्रकारीता एवम् नागरिक सचेतना अभिबृद्धि क्षेत्रमा कलम चलाएको भन्दै उनीहरुलाई पत्रकारीता पुरस्कार प्रदान गरेको हो ।

त्यसैगरी सम्मानित हुने पत्रकारहरुमा कोहलपुर टुडेका डिल्ली शाही, मिसन टुडेका शुभाखर विश्वकर्मा, साहारा टिभि खबरका हिमांसु शाही र समयपाटीका सर्जन आरसी रहेका छन् ।

सम्मान प्राप्त गर्ने डिल्ली शाहीलाई नगद रु १ लाख, शुभाकर विश्वकर्मालाई नगद रु ५० हजार र हिमांसु शाहीलाई नगद रु २५ हजार नगद पुरस्कार सहिद सम्मान गरेको थियो । पत्रकार शाही नेपाल पत्रकार महासंघका बाँकेका कार्यसमिति सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *