मनकारी व्यक्तिहरुले  शिव रात्रीको उपलक्ष्यमा सुन्दरकाण्ड र भण्डारा लगाए, १ हजार बढीले प्रसाद ग्रहण

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह



नेपालगन्ज : महाशिवरात्रीका दिन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको पुर्व तिर सुर्खेत रोड नजिकै रहेका मेडिकल हलहरुरुको संयुक्त आयोजनामा वृहत् भण्डारा गरिएको छ ।

मेडिकल सञ्चालक परोपकारी मन भएका मनकारीहरुले रकम उठाएर  कार्यक्रम गरेका थिए । जसमा लभकुश यादव, सर्वजित यादव, सुशील यादव, बिक्रम कश्यप, महेश क‍ोरी, राकेश कुमाल, पुर्णदेव गिरी, रन्जित वर्मा, राजेश चौधरी लगायतले उक्त सुन्दरकाण्ड तथा भण्डारा लगाएका थिए ।

आज साँझ ५ बजेदेखि ८:३० बजेसम्म लगाएको  उक्त भण्डरामा १००० जना भन्दा बढीले खाना प्रसाद ग्रहण गरेको र प्रसाद लिने काम जारी रहेको  आयोजक मध्येका लभकुश यादवले बताए । साथै कार्यक्रम कृतन मण्डली टीमलाई सम्मान गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *