कर्णाली प्रदेश स्तरीय अण्डर १६ क्रीकेट छनोट खेल आजबाट सुरु

स्वास्थ्य/ खेलकुद

पूर्णसिंह बम
कालिकोट : कर्णाली प्रदेश स्तरीय अण्डर १६ क्रिकेट छनोट खेल आजबाट सैनिक स्कुल मंगलगढी खेल मैदानमा सुरु भएको छ ।

उक्त खेल कर्णाली प्रदेश क्यानका संयोजक पदम बहादुर खड्काले उद्घाटन गरेका छन् ! आजबाट सुरु भएको खेल बैशाख ८ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
छनोट खेलमा क्यानको सदस्यता पाएका कर्णाली प्रदेशका पाँच जिल्ला सहभागी भएका छन् जसमा सुर्खेत, कालिकोट, दैलेख,सल्यान र रुकुम पश्चिम् रहेका छन् ।
यो खेलको मुख्य उद्देश्य भनेको मे महिनामा मलेसियामा हुने मेन्स U-16 इस्ट जोन कपका लागि छनोट कार्यक्रम रहेको सुर्खेत क्यानका अध्यक्ष श्रीधर केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *