पौरखी बहुउद्देश्यीय सहकारीको स्थापना दिवसमा राखिएको स्वास्थ्य शिविरमा २४५ जनाले सेवा लिए


नेपालगन्ज : बाँकेको नेपालगन्जमा सञ्चालनमा रहेको पौरखी बहुद्देश्यीय सहकारी संस्थाले आफ्नो १७ औं स्थापना दिवस तथा १६ औँ वार्षिकोत्सवको अवसरमा वृहत् स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

उक्त स्वास्थ्य शिविरमा २ सय ४५ जनाले सेवा लिएको संस्थाका कोषाध्यक्ष पुर्ण देव गिरीले नागरिक पथलाई बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दीपक बर्माको उपस्थितिमा सुरुवात गरिएको शिविरमा भिजन आँखा अस्पताल, ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र, बाँके डेन्टल क्लिनिक बि.पी. चोक र अन्य सहयोगी सङ्घसंस्थाहरूको सहकार्य तथा समन्वय रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *