जुम्लामा निर्वाचन प्रहरी दुर्घटनामा: नेपालगन्जको सन्जिबनी कलेज अफ मेडिकल साइन्सेसमा उपचार हुदै

स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : जुम्लामा निर्वाचनका लागि सम्बन्धि ठाउँमा जाने क्रममा दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरी धर्म रोकायलाई जुम्लामा उपचार हुन नसकी सुर्खेत र त्यहाँबाट पनि थप उपचारका लागि नेपालगन्जमा रहेको सन्जिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि. नेपालगन्ज मेडिकल कलेजमा लिएर उपचार भइरहेको छ ।

प्राप्त विवरणअनुसार हिमा गाउँपालिकातर्फ जाँदै गर्दा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका रोकायालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा सामान्य उपचार गरिएको थियो। रोकायलाई थप उपचार आवश्यक भएकाले माथिल्लो निकायमा तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको प्रशासनले हेलिकप्टरको व्यवस्थापन गरि सुर्खेत लिएको थियोे ।

सुर्खेतमा पनि उपचार सम्भावना नभएपछि सन्जिबनी मेडिकल कलेज नेपालगन्जमा ल्याएर अस्पतालका न्युरो सर्जन डा. मनिष कोलाक्षपतिको नेतृत्वमा उपचार भइरहेको अस्पतालले जनाएको छ। नीज घाइतेको अवस्था जटिल रहेको अस्पताल स्रोतले जनाएको छ ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय जुम्लाको पत्र :

Leave a Reply

Your email address will not be published. Required fields are marked *