सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको भित्तेपात्रो विमोचन

लुम्बिनी प्रदेश बिशेष


नेपालगन्ज : हर प्रहर, गाउँ र नगरी , टोल टोलमा नेपाल प्रहरी भन्ने मूल नारालाई बोकेको समुदाय प्रहरी साझेदारी सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको २०८० सालको भित्तेपात्रो  विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान  गरेको छ।
आज आफ्नै भवनमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यमा क्यालेन्डर  विमोचन गरिएको हो ।
उक्त कार्यक्रममा उपस्थिति सबैलाई संस्थाका उपाध्यक्ष संजय थापाले  स्वागत मन्त्व्य राखेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख, र प्रतिनिधिहरुको उपस्थित रहेको थियोे ।
सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशीले सामुदायिक प्रहरी केन्द्रले समाजलाई प्रहरीको साथीको रुपमा काम गरेर समाजलाई सही मार्गमा लैजान भूमिका खेलेको भन्दै सबै संघसंस्थाहरुसित सहकार्य गरेर काम गर्न तयार रहेको बताए । उक्त कार्यक्रममा मानवता नेपाल बाँकेको कार्यबाहक अध्यक्ष सुमन गिरी श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष समीर प्रताप शाह, गैरसरकारी महासंघ बाँकेका अध्यक्ष चन्दा प्रसाद तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक नरेश बि.क., सामुदायिक प्रहरी सेवा केन्द्रका कोषाध्यक्ष श्याम कुमार शर्मा, सदस्य रामप्यारे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा क्यालेन्डर प्रकाशन गर्न संयोजकको भूमिका निर्वाह गर्नुहुने व्यक्तिहरुलाई, पत्रकार, र सामुदायिक प्रहरी सेवा केन्द्रलाई सहयोग गर्नेलाई प्रशंसा पत्रले सम्मान गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *