पुरन परियार
नेपालगन्ज : बाँकेकाे खजुरा गाउँपालिका मा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला तथा बालबालिका शाखाकाे अायाेजना मा १ दिने नि:शुल्क स्वास्थ्य शिविर गरिएको छ ।
उक्त कार्यक्रममा खजुरा गाउँपालिका काे कार्यलयबाट पैदल यात्रा सुरु गर्दै खजुरा बजारमा रहेकाे लक्ष्मीनारायण मन्दिरकाे परिक्रमा गरि पुनः पालिका कार्यालयमा अाएर कार्यक्रम समापन गरिएकाे हो ।
कार्यक्रमलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष डम्बरबहादुर बि.क तुफानले महिला हिंसाकाे अन्त्य हुनुपर्छ र श्रमिक महिलाले पनि पुरुष सरह ज्याला पाउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रमकाे समापन गर्दै पालिका उपाध्यक्ष मन्जु मल्लले सम्पूर्ण श्रमिक महिला दिदिबहिनी हरुलाई शुभकामना दिदै समाजमा राेगहरु लुकाएर बस्नु परेका महिला दिदिबहिनीहरुकै लागि महिला दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर राखिएकाे र शिविरमा भेरी अस्पताल नेपालगन्जका महिला राेग बिशेषज्ञ डा. एलिस श्रेष्ठद्वारा चेकजाँच गराइएको हो ।
कार्यक्रममा ८ वटा वडाहरुका महिला स्वयंसेविका ,जनप्रतिनिधि किशोर किशोरी विद्यार्थीहरुकाे सहभागीता रहेकाे थियो ।

