नेपालगन्ज : ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा इको नेपाल फाउन्डेसनद्वारा नव दृष्टि महिला पुनःस्थापन केन्द्र प्रा.लि. मा नि:शुल्क स्वास्थ्य जाँच तथा औषधिसमेत वितरण गरेको छ ।
नेपालगन्जमा रहेको महिला पुनःस्थापना केन्द्रमा २२ जना महिलाहरु रहेका छन् । १५ वर्ष देखि ६० वर्ष सम्मका लागु औषधमा फसेका महिलाहरुलाई उद्दार गर्दै आइरहेको उक्त संस्थाकि सञ्चालिका राशी रावलले बताइन् ।
लागूऔषधमा फसेका महिलाहरुलाई तीन देखि छ महिना सम्म राखेर निको बनाएर परिवारलाई जिम्मा दिने गरेको रावलले बताइन् । आज इको नेपाल फाउन्डेसनले अन्य संस्थाहरुसंग सहकार्य गरेर निशुल्क स्वास्थ्य जाँच, सेनेटरी प्याड वितरण, औषधि वितरण गरेको छ ।
उक्त कार्यक्रममा महिनावारी सम्बन्धि सचेतना, सेनेटरी प्याड वितरण, नि:शुल्क औषधि वितरण, आखा जाँच गरिएको इको नेपाल फाउन्डेसनका अध्यक्ष करन शाहले बताए । कार्यक्रममा सहयोगी संस्थाहरुमा त्रिलोचन सर्जिकल, गौरभ स्मृति तथा बियोर सेल्फ, फाउन्डेसन, नेशनल प्याथ ल्याब, बागेश्वरी अप्टिकल्स नेपालगन्ज रहेका छन् भने सह आयोजकमा जे शर्मा मेडिकल हल रहेको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा समाजसेवी प्रदीप कुमार शाह, अतिथिका रुपमा जिफन्ट बाँके जिल्ला इन्चार्ज सुमन गिरी श्रेष्ठ, प्रेस सेन्टर नेपाल बाँकेका सचिव केपी घिमिरे, समाजसेवी विनय चन्द्र गुप्ता, राष्ट्रिय स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष राजन शाह, सचिव मुस्लिम खान, समाजसेवी श्रृष्टि श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
नि:शुल्क स्वास्थ्य चेकजाँचमा डा. दिपक गुप्ता, डा. राहुल कुर्मी, डा. जयकिशन वर्मा, प्राविधिक तर्फ लेखनाथ शर्मा, नेलिसा गिरीले गरेका थिए । फाउन्डेसनका सचिव सुहाइल शाहले सञ्चालन गरेकोे कार्यक्रममा प्रदिप कुमार शाह, सुमन गिरी लगायतको मन्तव्य राखिएको हो ।


