नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा आज शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ को सहरी स्वास्थ्यकेन्द्र गणेशपुर, नेपालगंजमा सम्पन्न भएकाे छ। एक दिने निःशुल्क स्वास्थ्य शिविरमा फिजिसियन डा- मधु अर्याल लगायतको टीमले स्वास्थ्य जाँच गरेको थियो । जि.के.फर्माकाे सहयोग रहेकाे १ दिने निःशल्क स्वास्थ्य शिविर” कार्यक्रममा ११५ जनाले सेवा लिएकाे नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गाेपाल पुनले नागरिक पथलाई जानकारी दिनुभएको छ।
निःशल्क स्वास्थ्य शिविरमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै वडा अध्यक्ष पुनले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै वडामा आगामीदिनमा पनि यो अभियान निरन्तर जारी रहने र यसमा सबै वडाबासी, बुद्धिजीवीहरुको सहयोग र सुझावको अपेक्षा रहेकाे उहाँको भनाइ रहेको छ ।








