आफै सडक निर्माणमा खटिने वडा अध्यक्ष वर्मा जसले विकासलाई राम्रोसँग चिनेका छन्

नेपालगंज बिशेष स्थानीय तह


नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष दिपक वर्मा जो प्रत्येक विकासका काममा आफै सक्रिय रुपमा खटिने गरेका हुन्छन् ।
नेपालगन्ज उप-महानगरपालिका वडा नं १८ शिवशक्ती टोल राजु योन्जनको घर देखि लगदहवा बाईपास जोडने सडकको नाला सहित पी सी सी निर्माण कार्य शुरूवात भइ रहेको वडा अध्यक्ष वर्माले बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडाहरु मध्ये विकासका लागि रातदिन खटिने वडा अध्यक्षका रुपमा उनी चिनिन्छन् । उनलाई वडाका जनताले सर्वाधिक रुचाएपछि दोस्रोपटक वडा अध्यक्ष भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *