खेलकुद कार्यक्रम सम्पन्न

स्थानीय तह स्वास्थ्य/ खेलकुद


नेपालगन्ज – मन्टेश्वरी एसाेशियसन बाँकेकाे आयाेजनामा फाल्गुण १२ गते शुक्रबार नेपालगन्ज रङ्गशालामा ओैपचारिक कार्यक्रमका साथ सुरु भएको ‘खेलकुद कार्यक्रम’ सम्पन्न भएकाे छ ।

मन्टेश्वरी एसाेशियसनमा आवद्व सदस्य बिद्यालयहरु मध्ये ९ वटा बिद्यालयहरु उक्त खेलमा सहभागीता रहेकाे मन्टेक्ष्वरी एशोशियसन बाँकेकी अध्यक्ष लुना बुढाथाेकीले बताईन ।

प्रत्येक बिद्यालयबाट ८ बाबुनानीहरु ८ वटै खेल बिधामा सहभागिता रहेकाे उपाध्यक्ष तथा कार्यक्रम सञ्चालिका दुर्गा बजगाईँले बताईन । नाेबेल प्रि मन्टेश्वरी काेहलपुर, लिटिल हाेराईजन मन्टेश्वरी नेपालगन्ज, खुशी घर मन्टेश्वरी बैजनाथ, साईनिङ्ग स्टार मन्टेश्वरी खजुरा, क्रियटिभ चिल्ड्रेन होम नेपालगन्ज, द नेपालगन्ज मन्टेश्वरी, ग्रेस मन्टेश्वरी बैजनाथ, माेर्डन क्रियटिभ चिल्ड्रेन जाेन नेपालगन्ज र स्माल ह्याभेन मन्टेश्वरी काेहलपुर सहभागी भएको खेलकुद कार्यक्रममा स्वागत मन्तव्य काेषाध्यक्ष खिमा थापाले गरेकी थिइन् ।

उक्त कार्यक्रमकाे मुख्य उद्देश्य मन्टेश्वरी बिद्यालयमा अध्धयनरत बालबालिकाहरुलाइ खेलकुदका माध्यमबाट मानसिकरुपमा सक्षम बनाउने र चाैतर्फि विकास हुने रहेकाे सचिव प्रभा थापा मगरले बताईन । उक्त कार्यक्रमकाे समापनमा सहभागी बाबुनानीहरुलाइ मेडल र प्रमाणपत्र वितरण गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *