प्रेस सेन्टर नेपाल कोहलपुर नगर कमिटीको दोस्रो वार्षिकोत्सबमा पत्रकार शाही पुरस्कृत

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

कोहलपुर : प्रेस सेन्टर नेपाल बाँकेको कोहलपुर नगर कमिटीको दोस्रो वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । लामो समयदेखि पत्रकारिता गरिरहनु भएको पत्रकार कल्पना शाही स्व. दीप बहादुर विश्वकर्मा क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनु भएको छ ।

कोहलपुर नगर कमिटीका सचिव शोभाखर विश्वकर्माको पहलमा स्थापना गरेको स्व. दीप बहादुर क्रियाशील पत्रकारिताबाट कोहलपुर एफ.एम. मा कार्यरत कल्पना शाहीलाई नगद रु ५०००/ पाँच हजार सहित प्रमाणपत्र प्रदान गरिएको हो ।

कोहलपुरमा रहेको सहिद स्मृति भवनमा भएको दोस्रो वार्षिकोत्सबमा बोल्ने वक्ताहरूले वर्तमान समयमा पत्रकारिता गर्नेहरुलाई ठूलै चुनौती रहेको बताए । पत्रकार बन्न सजिलो छ तर मिडियामा भएका कर्मचारी व्यवस्थापन , कार्यालय व्यवस्थापन गर्न अत्यन्तै कठिन अवस्थामा पत्रकारहरु रहेको मा सबैको एकमत रहेको छ । स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारले पत्रकारिता गर्नेहरुको समस्या नबुझेको भन्दै वक्ताले दु:ख व्यक्त गरेका छन् ।

प्रेस सेन्टर नेपाल कोहलपुर नगर कमिटीले समाजमा गरेका कामहरुबाट प्रभावित भएर दुईजना पत्रकार राजकुमार सन्ज्याल र नवीन परियार पनि प्रेस सेन्टर नेपालमा प्रवेश गरेको अवसरमा उहाँहरुलाई सम्मान गरिएको हो ।

उक्त वार्षिकोत्सब अवसरमा प्रेस चौतारी कोहलपुर नगर कमिटी अध्यक्ष प्रमोद रिजाल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हेमन्त बि.क., नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरला सुवेदी, प्रेस सेन्टर नेपाल बाँकेका सचिव केपी घिमिरे, उपाध्यक्ष संगिन शर्मा, अध्यक्ष राजेश आचार्य, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, केन्द्रीय सदस्य शिव कुमार सुनार लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कोहलपुर नगर कमिटी अध्यक्ष पुष्पराज हमालको अध्यक्षतामा, र प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेको उपस्थितिमा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रेस सेन्टर नेपाल बाँके जिल्ला कोषाध्यक्ष अनिता विश्वकर्माले गर्नु भएको थियोे भने कार्यक्रम सञ्चालन प्रेस सेन्टर कोहलपुर नगर कमिटी उपाध्यक्ष विवेक रेग्मीले गर्नुभएको थियोे ।

oplus_0

Leave a Reply

Your email address will not be published. Required fields are marked *