नेपालगन्ज : नेपालगन्जको सुर्खेत रोडमा स्थापना गरिएको सेन्ट्रल सिटी हस्पिटल एण्ड किरण प्रभा युरो केयर सेन्ट्रल प्रालि आज देखि विधिवत रुपमा उद्घाटन गरिएको छ ।
युरोलोजिष्ट डा- दिपेश कुमार गुप्ताद्वारा केही समय पहिला देखि सञ्चालनमा ल्याएको उक्त हस्पिटल आज सरस्वती पुजाको दिन पारेर पुजा लगाएर विधिवत रुपमा उद्घाटन गरिएको छ ।

अत्याधुनिक ओ-टी-, प्रयोगशाला, ओ-पी-डी- सेवा, लगायतको सेवा दिनुका साथै तत्काल १५ वेडको वार्ड समेत सञ्चालनमा ल्याएर बिरामीको सेवा दिन लागेको डा- गुप्ताले बताउनुभयो ।
नेपालगन्ज मेडिकल कलेजमा वरिष्ठ युरोलोजिष्टका रुपमा कार्यरत डा- दिपेश गुप्ताले आफ्नै लगानीमा उक्त हस्पिटल सञ्चालनमा ल्याएको बताउनुभयो । उक्त हस्पिटलमा युरो सम्बन्धि सम्पूर्ण उपचारका साथै फिजिसियन, सर्जरी, न्युरो सर्जरी, ग्यानोकोलोजि, बालरोग, दन्तरोग लगायतका सेवाहरु दिने डा- गुप्ताले बताउनुभयो ।
