काठमाण्डौ- नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सब कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज रुद्र सुवेदी सर्वोकृष्ट संवाददाताको रूपमा सम्मानित हुनु भएको छ ।
सुवेदी नेपाल टेलिभिजनका बाँके संवाददाता रुपमा कार्यरत हुनुहुन्छ । लामो समयदेखि पत्रकारिता सक्रिय रहनु हुने सुवेदी नेपाल पत्रकार महासंघ बाँकेको पुर्व अध्यक्ष समेत भइसक्नु भएको छ ।

