बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल र उपाध्यक्षमा मनिषा सिंह थारु निर्वाचित भएका छन भने वडामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा पार्टीका उम्मेदवार विजयी भएका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले पालिकाको अध्यक्ष र उपाध्यक्ष सहित ५ वडा जितेको थियो । त्यतिबेला लाहुराम थारुले अध्यक्ष र धनीकुमारी खत्रीले उपाध्यक्ष जितेकी थिइन ।
तर यसपटक राप्तीसोनारीमा कांग्रेसले एउटा पनि वडा जित्न सकेन । राप्तीसोनारीको गाउँपालिकाको वडा नम्बर १,२,३,८ र ९ मा नेकपा एमालेका वडा अध्यक्ष निर्वाचित भएका छन , वडा नम्बर ४, ५ र ७ मा माओवादी केन्द्र र वडा नम्बर ६ मा भने राप्रपाका वडा अध्यक्ष निर्वाचित भएका छन् ।

