नेपालगन्ज मेडिकल कलेज कर्मचारी संघ विभागीय कमिटी नेपालगन्जको सभापतिमा त्रिपाठी

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. कर्मचारी संघ विभागीय कमिटी नेपालगन्जको सभापतिमा विजय कुमार त्रिपाठी सर्वसम्मत चयन भएका छन् ।

आइतबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भएको तेस्रो अधिबेशनबाट सर्वसम्मत रुपले कार्यसमिति चयन गरिएको हो । कर्मचारी संघ विभागीय कमिटी नेपालगन्जका सभापति चन्द्रनारायण मण्डलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि कर्मचारी संघका केन्द्रीय सभापति यम बहादुर खड्का, विशिष्ट अतिथिमा नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा. सुरेश कुमार कानोडिया, अतिथिहरुमा नेपालगन्ज मेडिकल कलेजका एच.आर. प्रमुख श्याम कुमार शर्मा, नेपालगन्ज अस्पतालका उपनिर्देशक डा. कुमार पोखरेल, फाइनान्स प्रमुख डिल्ली भुसाल, श्रम तथा रोजगार कार्यालय नेपालगन्जका कार्यालय प्रमुख कमल पौडेल, कर्मचारी संगठनका पूर्व सभापति कुश्माखर बश्याल, वरिष्ठ उपसभापति सुमन गिरी श्रेष्ठ लगायतका अतिथिको उपस्थिति रहेको थियोे ।

कर्मचारी संघको तेस्रो विभागीय अधिबेशनबाट सभापति पदमा विजय कुमार त्रिपाठी, उपाध्यक्ष पदमा क्रमश राजेश कुमार गुप्ता, नर्मदा शाही , पुष्पा खत्री, सचिव पदमा लक्ष्मी गिरी, सहसचिव पदमा सत्यवती चौधरी, कोषाध्यक्ष पदमा माधव वर्नवाल, सदस्यहरुमा क्रमश: सुरेश भंगी, सर्वजित यादव, शारदा सलमानी, अंशु शाही, श्यामबाबु यादव, रेन्कु श्रेष्ठ, पुजा बि.सी., रामबरण शर्मा सर्वसम्मत चयन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *