नेपाल तरुण दलको स्थापना दिवसमा मानव सेवा आश्रममा खाद्यान्न वितरण


नेपालगन्ज : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल बाँकेले स्थापना दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा रहेको मानव सेवा आश्रममा खाद्यान्न वितरण गरेको छ ।

शनिबार तरुण दल बाँकेको टीम पार्टीका नेताहरु लगायतको उपस्थितिमा उक्त आश्रममा मानवीय सेवा सहजताका निम्ती नेपाल तरूण दल बाँके द्वारा चामल १२५ के.जी, दाल १० के.जी, चिनी १० के.जी, साेयाविन १० के.जी तेल १० लिटर लगायतको खाद्यन्न सामग्रीहरू वितरण गरिएको नेपाल तरुण दल बाँकेका अध्यक्ष विरेन्द्र बहादुर शाहले बताउनुभयो ।

खाद्यान्न वितरण कार्यक्रममा अध्यक्ष विरेन्द्र बहादुर शाह, उपाध्यक्ष रमेश शाह , सचिव विनाेद रिजाल , सह सचिव बिमल चन्द, युवा नेता सन्दिप जङ्ग शाह, पत्रकार लगायत तरुण दलका सम्पूर्ण कार्यसमितिका सदस्यहरू एवम् पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको अध्यक्ष शाहले बताउनुभयो ।

खाद्यान्न सहयोगबाट सडकपेटी र सार्वजनिक स्थलहरुबाट उद्धार गरीएका सहयोगापेक्षीहरुको सेवामा समर्पण गरिने आश्रमले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *