लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

अर्थ / बाणिज्य लुम्बिनी प्रदेश बिशेष शिक्षा


नेपालगन्ज : सामाजिक सेवामूलक कार्यमा एक कदम अगाडि रहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले लायन्स इन्टरनेशनल मेल्विन जोन कार्यक्रममा अन्तर्गत  नेपालगन्ज उपमहानगरपालिका वडा नं २० मा रहेको राम जानकी प्राथमिक विद्यालयमा रहेका विद्यार्थीहरुलाई  शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
आज एक कार्यक्रमका बिच डिष्ट्रिक एक्जुकेटिभ चिफ लायन ज्ञानेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टका पदाधिकारीहरु, पुर्व अध्यक्ष लगायतको टीमले उक्त सामाग्री हस्तान्तरण गरेका थिए । कक्षा १ देखि ३ कक्षा सम्म पढाइ हुने उक्त विद्यालयमा ९० जना जति विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयकी शिक्षिका मिना साउदले बताइन् ।

उक्त कार्यक्रममा लायन लिडर ज्ञानेन्द्र श्रेष्ठले क्लबले सोही विद्यालयलाई नै केन्द्रीकृत गरेर काम गर्न सुझाव दिएका थिए । क्लबको अध्यक्ष लायन बसन्ता शर्माले यसरी सामाजिक कार्य गर्न पाउँदा खुसी भएको र आगामी दिनहरुमा पनि निरन्तरता दिने बताइन् ।
उक्त सामाग्री वितरण कार्यक्रममा लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टका वर्ष २०१८/१९ का अध्यक्ष केपी घिमिरे, क्लब सदस्यहरु लायन बेबी मण्डल, ला-कौशल आचार्य, ला- पुष्पा सुवेदी, ला- कृष्ण बहादुर बुढा लगायतको उपस्थिति रहेको क्लबकी अध्यक्ष शर्माले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *