अनेरास्ववियू बाँकेको अध्यक्षमा : केसी

लुम्बिनी प्रदेश बिशेष

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियू बाँकेको अध्यक्षमा दिनेश केसी चयन भएका छन् । आइतबार सम्पन्न १९ औँ अधिवेशनबाट केसी बाँके अध्यक्षमा चयन भएका हुन् ।

यसअघि उनी बाँके अनेरास्ववियूको संयोजक थिए । आइतबार सम्पन्न अधिवेशन मार्फत उनको नेतृत्वमा ४७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।

पार्टी फुटेपछि बाँकेमा पनि अनेरास्ववियू फुटेको थियो । अध्यक्षमा चयन भएका केसी विद्यार्थीहरुमा लोकप्रिय मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *